अन्तर्राष्ट्रिय

दिनेश कार्तिक आए , धमका गरे , अनि खेल जिताए! भारतले जित्यो फाइनल , उठायो निदाहस ट्रफी !

हाम्रो नेपाल क्रीकेट , काठमाडौ

फाइनलमा बङ्ग्लादेश चार विकेटले पराजित !

निदाहस ट्रफीको फाइनलमा भारत बङ्ग्लादेशको आज भिडन्त भयो। टस जितेर फिल्डिङ रोजेको भारतले १६७ रनको लक्ष्य पाएको थियो।

खराब सुरुवात गरेको बङ्ग्लादेशले २० ओभर खेलिसक्दा आठ विकेट गुमायो। स्पिनरहरुको दब्दबा रहयो।

ओपनर हरु सुन्दर र चाहल को सिकार भएपछी , बङ्ग्लादेशले सुरुवाती लय गुमाउन पुगेको थियो।

एक विकेटको क्षतिमा आएका साबिर रेहेमानले ५० बलको सामना गर्दै सात चौका र चार छक्काको मद्द्तले ७७ रन , र अन्तिममा आएका मेहेदी हसनले ७ बलमा १९ रन जोड्दा बङ्ग्लादेश इज्जतदार टोटलमा पुग्न सकेको थियो ।

युज्बेन्द्र चाहलले ४ ओभरमा १८ रन खर्चदै ३ विकेट हात पारे भने वासिङ्ट्न सुन्दरले एक र उनाद्कटले दुई विकेट हात पारे।

१६७ रनको लक्ष्य पछ्याएको भारतका ओपनर सिखर धवन र वान डाव्नमा आएका सुरेश रैना सस्तैमा पबिलियन फर्किएपछी , रोहित शर्मा र के एल राहुलले ५१ रनको साझेदारी गरे।

 

शर्माले ४२ बलको सामना गर्दै ५६ रन बनाए भने लोकेश राहुलले १४ बलमा २४ रन जोडे। त्यसपछि आएका पान्डेले २७ बलको सामना गर्दै २८ रनको योगदान दिदा बिजय शन्खरले भने १९ बलको सामना गर्दै १७ रन जोडे।

पान्डे आउट भएपछी आएका दिनेश कार्तिकले उत्कृष्ट प्रदर्शन गरे। कार्तिक कृजमा आउदा भारतलाई ३८ रनको आवस्यक थियो। पहिलो छक्का दोस्रो बल चौका र तेस्रो बल छक्का प्रहार गर्दै कार्तिकले खेल भारत तिर मोडिदिएका थिए।

अन्तिम ओभरमा १२ रन चाहिएको भारत- बिजय शन्करले पहिला दुई बल सामना गरेर एक रन झिके , तेस्रो बलमा कार्तिकले पनि एक रन झिके , ३ बलमा १० रन चाहिएको थियो , चौथौ बलमा शन्करले चौका प्रहार गरे !

पाचौ बलमा प्रहार गर्ने क्रममा मेहेदि हसन द्वारा समातिएका शन्करले कृज छोडेपछी कार्तिक इस्ट्राइकमा आए , अन्तिम बलमा कार्तिकले छक्का प्रहार गर्दै भारतलाइ निदाहस ट्रफीको हकदार बनाए।

रोमान्चक खेलको अन्तिम ओभर यस्तो रहयो :
१९.१ ओभर वाइड
१९.१ ओभर डट बल
१९.२ ओभर एक रन
१९.३ ओभर एक रन
१९.४ ओभर चौका
१९.५ ओभर विकेट ( कार्तिक स्ट्राइकमा)
१९.६ ओभर छक्का!

दिनेश कार्तिक आए , धमका गरे , अनि खेल जिताए! भारतले जित्यो फाइनल , उठायो निदाहस ट्रफी !
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

To Top