Domestic News

टियुलाई युनिभर्सिटी कप

त्रिभुवन विश्वविद्यालय (टियु) ले डिएभीलाई ६ विकेटले पराजित गर्दै दोस्रो संस्करणको युनिभर्सिटी कप क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय मैदानमा भएको फाइनल खेलमा डिएभीले दिएको १ सय ४२ रनको लक्ष्य ३ बलअगावै ४ विकेट गुमाएर पूरा गर्दै टियुले उपाधि हात पारेको हो।

टियुलाई जित दिलाउन दुई ओपनर रविन जोशी र ईशान पाण्डे नायक बने । रविनले ५४ बलको सामना गर्दै ६ चौका र २ छक्काको मद्दतमा सर्वाधिक ७१ रन जोड्दा ५१ बल खेल्दै ८ चौका प्रहार गरेका ईशान पाण्डेले ५७ रनको इनिङ खेले । यस्तै, सुवास खकुरेलले अविजित ७ रन जोड्दा पृथु बास्कोटा शून्यमा पवेलियन फर्र्किएका थिए। बलिङतर्र्फ डिएभीका नन्दन यादव र दिलीप यादवले समान २–२ विकेट लिए।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको डिएभीले निर्धारित २० ओभरको समाप्तिमा ४ विकेट गुमाउँदै १ सय ४१ रन जोड्न सफल भएको थियो । डिएभीका लागि ओपनर सुधीर चौधरीले सर्वाधिक ६४ रन जोडेका थिए । ४८ बलको सामान गरेका सुधीरले ७ चौका र २ छक्का प्रहार गरेका थिए । यस्तै, सन्तोष पौडेलले ३५ रन जोड्दा विवेक रामनगर र सञ्जय बस्नेतले क्रमशः अविजित १२ र १३ रनको योगदान गरेका थिए। बलिङमा टियुका ईशान पाण्डे, सागर ढकाल र रूपेश श्रीवास्तवले समान १–१ विकेट लिए।

विजयी टियुले नगद दुई लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पायो । उपविजेत डिएभीले नगद एक लाख रुपैयाँमा चित्त बुझायो। प्रतियोगितामा उत्कृष्ट ब्याट्सम्यान डिएभीका अदिल खान घोषित भए भने टियुका सागर ढकाल उत्कृष्ट बलर बने । यस्तै, उदीयमान खेलाडी टियु ‘बी’ का महेश खत्री घोषित हुँदा म्यान अफ द सिरिज टियुका ईशान पाण्डे बने । उत्कृष्ट ब्याट्सम्यान, बलर र उदीयमान खेलाडीले नगद १०÷१० हजार रुपैयाँ हात पारे भने म्यान अफ द सिरिज बनेका ईशान पाण्डेले नगद २५ हजार रुपैयाँ पुरस्कार पाए।

विभिन्न विश्वविद्यालय मातहतका १६ कलेजले सहभागिता जनाएको प्रतियोगिता नयाँ खेलाडीलाई अवसर प्रदान गर्दै राष्ट्रिय स्तरसम्म पु¥याउने उद्देश्यले आयोजना गरिएको थियो । ट्वान्टी–२० स्वरूपमा सञ्चालन गरिएको प्रतियोगिता नकआउट पद्धतिमा सञ्चालन भएका थिए।

यस्तै, प्रतियोगिताको पुरस्कार वितरण समारोहमा नै त्रिभुवन विश्वविद्यालयका पहिलो कप्तान, पूर्वखेलाडी तथा क्रिकेट एम्पायर दुर्गानाथ सुवेदी (देवेन्द्र)लाई आयोजक युनिभर्सिटी क्रिकेट क्लबले सम्मान गरेको थियो।

टियुलाई युनिभर्सिटी कप
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

To Top