नेपाली खबर

“एकदिबसिय मान्यता पाउनु एउटा कुरो हो तर, हामी दृढ र थप बलियो बन्नुपर्छ,’ कप्तान पारस खड्का

हाम्रो नेपाल क्रीकेट , काठमाडौ

पारस खड्काले के भने त?

एकदिवसीय अन्तराष्ट्रिय मान्यता प्राप्त गर्दै नेपाली क्रिकेट टोलीले जिम्बाब्बे यात्रा टुंग्याएको छ । नेपाली टोली सोमबार स्वदेश फिर्ता हुदैछ।

नेपालले यस प्रतियोगितामा दुई खेल जित्यो भने , चार खेलमा हार बेहोर्यो।

पारस खड्का र सन्दिप लामिछानेले प्रतियोगितामा राम्रो प्रदर्शन गरे भने नेपालको मिडल अर्डरको ब्याटिङ भने प्रशम्सा योग्य थियो।

आइसिसि बिश्वकप छनोट प्रतियोगिताको अन्तिम खेलमा नेपाल ४५ रनले पराजित भएको थियो।

प्लेअफको पहिलो खेलमा पि.एन.जिजिलाइ पराजित गर्दै नेपालले एकदिबसिय मान्यता पाएको थियो।

‘एकदिवसीय मान्यता पाउनु एउटा कुरा हो तर, हामी दृढ र थप बलियो बन्नुपर्छ,’ कप्तान पारस खड्का भन्छन्, ‘अबको चार वर्ष हामीले घरेलु क्रिकेटको राम्रो संरचना बनाउन सक्यौं भने अझ सम्बृद्ध हुन्छौं ।’ नेपाल क्रिकेट संघ निलम्बनमा छ ।

तर, क्रिकेट संघको विधान संशोधन गरेर निलम्बन फुकुवा गर्ने प्रयास जारी छ ।

आईसीसीको तालिकाअनुसार विधान संशोधन भए जुनमा हुने साधारणसभाले नेपालको निल्म्बन फुकुवा गर्नसक्छ ।

‘हामीले देशभित्र धेरै खेल खेलाउनुपर्छ र हाम्रो भौतिक पूर्वाधार बनाउनुपर्छ,’ कप्तान पारस भन्छन्, ‘सबैभन्दा महत्वपूर्ण कुरा सुरुमा बोर्ड सक्रिय हुनुपर्छ । हामी अझै निलम्बनमा छौं ।

आश छ कि जुनमा निलम्बन फुकुवा हुन्छ र क्रिकेट संचालन गर्ने सक्षम बोर्ड बन्छ ।’

यो उनको व्यक्तिगत र टीम दुबैको सपना थियो । पारसले भने, ‘एक दिन हामी टेष्ट नेशन बन्छौं ।

शायद यसका लागि ८–१० वर्ष लाग्ला ।

“एकदिबसिय मान्यता पाउनु एउटा कुरो हो तर, हामी दृढ र थप बलियो बन्नुपर्छ,’ कप्तान पारस खड्का
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

To Top