नेपाली खबर

प्रतियोगिताको अन्तिम खेलमा नेपाल ४५ रनले पराजित ! सोमपालले बनाए सर्बाधिक रन

हाम्रो नेपाल क्रीकेट , काठमाडौ

नेदरल्यान्ड बिरुद्दको खेलमा नेपाल ४५ रनले पराजित!

एकदिवसिय छनौट अन्तर्गत सातौ स्थानको प्ले अफमा नेदरल्यान्डसबाट एक सय ९० रनको लक्ष्य पक्ष्याएको नेपालले ४४.४ ओभर खेल्दै १४४ रन बनाएर १० विकेट गुमाएको छ।

नेपालका ओपनरहरु फेरि असफल रहे। ग्यानेन्द्र मल्लको खराब लय जारी रहयो ! उनी ४ रनमा पबिलियन फर्के। त्यसपछि ३३ रन हुँदा नेपालले दोस्रो विकेट खेर फाल्यो । अर्का ओपनर अनिल शाह ८ रनमा आउट भए ।

नेपालले ५१ रन बनाउँदा कप्तान पारस खड्का २२ रनका आउट भए । त्यसपछि लगातार २ विकेट गुमाएको नेपालले ६१ रनमा ५ विकेट गुमायो ।

नेपालका आरिफ शेख ५ र रोहित पौडेलले खाता खोल्न सकेनन । त्यसपछि शक्ति गौचन र दिपेन्द्र एेरी आउट भएपछि नेपालले ७६ रनमा ७ विकेट गुमायो ।

एकपछि अर्को विकेट गुमाएको नेपालले १०७ रन बनाउँदा आठौ विकेट खेर फाल्न पुग्यो । करन केसी १३ रनमा पेभेलियन फर्किए । उनले १३ रनको पारीमा तीन चौका प्रहार गरे।

सोमपाल कामीले ३६ रनको उत्कृष्ट पारी खेले पनि नेपाललाइ जित दिलाउन भने सकेनन। उनले ५३ बलको सामना गर्दै तीन चौका र एक छक्का को मद्दतले ३६ रन जोडे।

सोमपालको विकेट पछि , सन्दिपले १४ रन बनाए भने , अन्तिन विकेटको रुपमा ललित राजबन्शिले पबिलियनको बाटो तताए। सन्दिपले३८ बलको सामना गर्दै एक चौकाको मद्दतले १४ रन बनाए।

यसअघि जिम्बावेको क्वे क्वे मैदानमा जारी खेलमा टस जितेर ब्याटिङ गरेको नेदरल्याण्ड्सले ५० ओभरमा नौ विकेट गुमाउँदै एक सय ८९ रन बनायो ।

नेपाली बलरसामु सुरुवात देखि नै दबावमा रहेको नेदरल्याण्डसका कुनै पनि खेलाडीले बलियो साझेदारी गर्न सकेनन् । नेदरल्याण्ड्सको खातामा एक रन पनि नहुँदा नेपालले पहिलो विकेट लियो ।

त्यसपछि ६ रन हुदा नेदरल्याण्ड्सको दोस्रो विकेट झरयो । दुबै विकेट सोमपालले लिएका थिए । योसंगै सोमपालले लिष्ट ए मा ५० विकेट पनि पुरा गरे ।

३७ खेलमा सोमपालले विकेटको अर्धसतक पुरा गरे । एकपछि अर्को विकेट झारेको नेपालले विपक्षीको ३७ रन हुदा तेस्रो सफलता हात पार्यो ।

उसका लागि म्याक्सवेल प्याट्रिकले २८ तथा रे भान देर र स्कट इडवार्डले समान २५–२५ रनको योगदान गरे । यस्तै बास दे लीडीले ३९ रन बनाए ।

पिटर सिलरले सेन स्नाटरले समान २३–२३ रन बनाए । नेपालको कसिलो बलिङ सामु नेदरल्याण्ड्सले एक सय ७ रन बनाउदा सात विकेट गुमाएको थियो ।

बलिङ तर्फ सोमपाल कामीले ४ तथा सन्दिप लामिछाने र ललित राजबंशीले दुई दुई विकेट लिए ।

प्रतियोगिताको अन्तिम खेलमा नेपाल ४५ रनले पराजित ! सोमपालले बनाए सर्बाधिक रन
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

To Top