Featured

नेपालद्वारा पि.एन.जि छ विकेटले पराजित | हङकङको पराजय महत्त्वपूर्ण

हाम्रो नेपाल क्रीकेट , काठमाडौ – चैत्र १

नेपाल बिजयी – एकदिबसिय मान्यताका लागि अन्तिम पाइला बाकी !

पीएनजीले दिएको ११५ रनको लक्ष्य नेपालले १६२ बल अगाडी ४ विकेटको क्षतिमा पुरा गरेको छ । युवा खेलाडी दिपेन्द्र सिंह ऐरी अर्ध सतकिए पारीका साथै उत्कृष्ट अलराउण्डर प्रर्दशन गरेपछि नेपालले ६ विकेटको सहज जित दर्ता गरेको हो ।

यो जितसँग नेपाल एक दिवसिय मान्यताको नजिक रहेको छ ।एक दिवसिय मान्यता पाउन उता हङकङ र नेदरल्यान्ड्सको नतिजाले प्रभाव पार्ने छ ।

नेदरल्यान्ड्सले जिते नेपालले सोझै एक दिवसिय मान्याता पाउने छ भने हारे नेपाल एक दिवसिय मान्यता पाउन हङकङको सामना गर्नु पर्ने छ ।नेपालको जितमा दिेपेन्द्र सिंह ऐरीले ५० रनको प्रहार गरे । नटआउट तथा आरिफ सेख २६ आउट भए ।

चौथो विकेटका रुपमा यी दुई जोडीबीच ६७ रनको साझेदारी गरे । नेपालको ओपरन जोडी आज पनि जम्न सकेन । ज्ञानेन्द्र मल्ल १ रन ता अनिल कुमार साह ९ रनमा पेभिलिएन फर्के ।

त्यस्तै कप्तान पारस खड्काले २० रन बनाए । पीउनजीका लागि नोरमान भानुले दुई तथा जोहन रिभा र एलियो नावुले समना एक एक विकेट लिए । टस जितेर बलिङ रोजेपछि ब्याटिङमा उत्रेको पीएनजी २७ ओभर दुई बलमा ११४ रन जोड्दै अल आउट भयो ।

११४ रनमा अल आउट गर्न सन्दिप लामिछाने र दिपेन्द्र सिंह ऐरीले समान चार चार विकेट लिएपछि पीएनजी सस्तैमा समेटिएको हो । साथै सोमपाल कामी र करण केसिले समान एक एक विकेट लिए । नेपालको यो जितसँग डिभिजन टु मा घटुवा हुन बाट जोगिएको छ ।

नेदरल्यान्ड र हङकङ भिड्दै छन। नेदरल्यान्डले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो । नेदरल्यान्ड १७४ रनमा समेटिएको थियो। १७५ रनको लक्ष्य पछ्याएको हङकङले दुई विकेट गुमाइसकेको छ। यो रिपोर्ट तयार गरिसक्दा हङकङले ३७ रनमा दुई विकेट गुमाएको छ भने उसले ११ ओभर खेलिसकेको छ।

 

यदि हङकङ आजको खेलमा हङकङ बिजयी भयो भने नेपालले हङकङ सङ फेरि प्रतिस्पर्धा गर्नु पर्ने हुन्छ र सो खेलमा बिजयी भए नेपालले एकदिबसिय मान्यता पाउने हो। आजको खेलमा यदि हङ्कङ पराजित भयो भने नेपालले सोझै मन्यता पाउने छ।

म्यान अफ द म्याच – दिपेन्द्र ऐरि

नेपालद्वारा पि.एन.जि छ विकेटले पराजित | हङकङको पराजय महत्त्वपूर्ण
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

To Top