अन्तर्राष्ट्रिय

भारतको सहज जित, श्रीलंका ६ विकेटले पराजित

हाम्रो नेपाल क्रीकेट , काठमाडौ

निदाहश ट्रफीको लागि सोमबार श्रीलंका विरुद्ध भएको खेलमा भारतले आफ्नो दोस्रो जित हात पार्न सफल भएको छ। म्याच वर्षाको कारणले १ ओभर छोट्याएर १९-१९ ओभरको बनाइएको थियो।

श्रीलंकन इनिङ:

भारतका कप्तान रोहित शर्माले टस जितेर श्रीलंकालाई ब्याटिङमा उतारेका थिए। सुरुवात बाटै आक्रामक रवैया अपनाएको श्रीलंकाले पहिलो विकेट गुनतिलका को रुपमा २.१ ओभरमा र फर्ममा रहेका कुशल परेराको विकेट ३.१ ओभरमा गुमाउन पुग्यो।

यद्यपि ओपनर कुशल मेन्डिस र नम्बर ४ का ब्याट्सम्यान थरङा को जोडिले आक्रामक खेल जारी नै राख्यो। तेस्रो विकेटका लागि ६२ रन जोडेपछि श्रीलंकाको तेस्रो विकेटको रुपमा थरङा २२ रन बनाएर विजय शंकर का शिकार भए।

त्यसपछि भारतीय बलरहरुको उत्कृष्ट बलिङ प्रदर्शन को कारण श्रीलंकाले लगातार विकेट गुमाउँदै गयो। १२ ओभरको समाप्तिमा ११३/४ स्कोर भएको श्रीलंकाले अन्तिम ७ ओभरमा मात्र ३९ रन जोड्दै १५२/९ को योगफल तयार पार्यो। भारतका लागि शार्दुल ठाकुरले २७ रन खर्चंदै ४ विकेट लिए भने वाशिङ्टन सुन्दरले २१ रन खर्चंदै २ विकेट हात पारे। एउटा एन्ड बाट डटेर खेलिरहेका कुशल मेन्डिसले साझेदार पाउन सकेनन। उनले आफ्नो राम्रो फर्म जारी राख्दै अर्धशतक प्रहार गरे। पछिल्ला ५ खेलमा उनको यो चौथो अर्धशतक हो

भारतीय इनिङ:

जितका लागि १५३ को लक्ष्य पछ्याउने क्रममा भारतिय कप्तान रोहित शर्मा दोस्रो ओभरको अन्तिम बलमा आउट भए। उत्कृष्ट फर्ममा रहेका अर्का ओपनर शिखर धवन ३.१ ओभरमा क्याच आउट हुँदा स्कोर २२-२ थियो। त्यसपछि सुरेश रैना र लोकेश राहुलको जोडिले २२ बलमा ४० रनको साझेदारी गरे। सुरेश रैना २७ रन बनाएर क्याच आउट भए। राहुलको विकेट भने नाटकीय ढंगले भयो। जीवन मेन्डिसको बललाइ लेग साइडमा खेल्न खोज्दा उनी कृजको पुछारमा पुगेर खेल्न पुगे र उनको खुट्टाले स्टम्प छुन पुग्यो। तसर्थ उनी हिट विकेट भए। यो अन्तरास्ट्रिय क्रीकेटमा दुर्लभ डिस्मिसल मानिन्छ र यो बलरको खातामा गनिन जान्छ।

त्यसपछि क्रीजमा रहेको मनिश पान्डे र दिनेश कार्तिक को जोडिले पाचौं विकेटको लागि अविजित ६८ रन जोडे। मनिशले ४२* र दिनेशले ३९* रनको पारी खेले।

तस्वीर: शार्दुल ठाकुरको “म्यान आफ द म्याच” प्रदर्शन।

उत्कृष्ट बलिङ प्रदर्शनका लागि भारतका शार्दुल ठाकुर “म्यान अफ द म्याच” चयन भएका थिए। शार्दुलले गरेको श्रीलंका इनिङको अन्तिम ओभरको पहिलो बलमा चौका प्रहार भएपनी अन्तिम पाँच बलमा मात्र २ रन दिदै २ विकेट लिन सफल भए।

यसअघि श्रीलंका सङ भएको खेलमा निकै महँगा साबित भएका ठाकुरलाइ अन्तिम ओभर बलिङ दिने रोहितको निर्णय सहि साबित भयो।

यो जितसङै भारत यस श्रृङखलाको शीर्ष स्थानमा उक्लेको छ भने श्रीलंका दोस्रो र बाङ्लादेश तेस्रो स्थानमा छ। फाइनल खेलको दौडबाट भने कुनै टिम बाहिरिएको छैन।

भारतको सहज जित, श्रीलंका ६ विकेटले पराजित
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

To Top