Featured

एकदिबसिय मान्यता पाउन , प्ले अफमा नेपालले यसरी प्रतिस्पर्धा गर्नु पर्ने !

हाम्रो नेपाल क्रीकेट , काठमाडौं

नेपालले आफ्नो चौथौ खेलमा हङकङलाई हराएको छ !

आइसिसी एकदिवसीय विश्वकप छनोट अन्तर्गत नेपालले हङकङलाई ५ विकेटले पराजित गरेको छ।

समूह ‘बी’ को खेलमा लगातार ३ खेलमा पराजित भएको नेपालले सोमबार हङकङलाई पराजित गरेसँगै एकदिवसीय मान्यता पाउने आसा बढेको छ।

नेपाल समूहमा चौथो भएको छ। अफगानिस्तान रनरेटमा अघि रहदै तेस्रो भएर सुपर ६  पुगेको छ।

हङकङले दिएको १ सय ५४ रनको लक्ष्य नेपालले ५ विकेटको क्षतिमा ४०.४ ओभरमा पार गर्यो।

खराब सुरुवात गरेको नेपालको जितमा रोहित कुमार पौडेल र सोमपाल कामीले छैटौं विकेटका लागि ८९ रनको साझेदारी गरे। रोहितले नटआउट ४८ रन बनाए भने सोमपाल कामीले नटआउट ३७ रन जोडे। रोहितले ८६ बलमा ६ चौका हाने। सोमपालले ४० बलमा ४ चौका प्रहार गरे।

पहिलो विकेटका लागि ४१ रनको साझेदारी गरेको नेपालले ६६ रन बनाउँदा ५ विकेट गुमााउँदा नेपाल दबाबमा आएको थियो।

‍पहिलो विकेटका लागि ४१ रनको साझेदारी गरेका अनिल कुमार साह २६ रनमा आउट भए। उनले ३६  बल खेल्दा ५ चौका प्रहार गरे। अर्का ओपनर ज्ञानेन्द्र मल्ल ३१ बल खेलेर १२ रन मा पेभिलियन फर्के।

दुवैलाई एेजाज खानले आउट गरेका हुन्।  यस्तै कप्तान पारस खड्का ११ रनमै पेभिलियन फर्के। आरिफ शेख पनि २ रन बनाएर खेलिरहदा एलबिडब्लुको धरापमा परेका थिए। लगत्तै दीपेन्द्रसिंह ऐरी पनि १२ रनमा आउट भए।

त्यअघि बुलावायो मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको हङकङ ४८.२ ओभरमा १ सय ५३ रनमा अलआउट भयो।

हङकङलाई सामान्य योगफलमा रोक्ने क्रममा नेपालका सन्दीप लामिछानेले ३ विकेट लिए। सन्दीपले हङकङका अंशुमान राथ, शाहिद वासिप आइजाज खानलाई पेभेलियन फर्काएका थिए।

अब नेपालले कस्तो प्रतिस्पर्धा गर्छ?

प्ले अफ दुई राउन्डमा हुनेछ ! पहिलो राउन्डमा नेपालले पि एन जि बिरुद्द खेल्ने छ र नेदरल्यान्डस् सङ हन्कङले प्रतिस्पर्धा गर्ने छ।

यी दुई खेलका बिजेताले सातौ स्थान र आठौ स्थानका लागि खेल्ने छन भने हार्ने दुई टोलि हरुले नौऔ र दशौ स्थानका लागि प्रतिस्पर्धा गर्ने छन ।

यदि पहिलो राउन्डमा नेपाल र नेदरल्यान्डस् बिजयी भए भने नेपालले सोझै एकदिबसिय मान्यता पाउने छ ।

र यदि नेपाल र हन्कङ बिजयी भए , नेपालले दोस्रो राउन्ड अन्तर्गत हङ्कङ सङ्ग फेरि खेल्नु पर्ने हुन्छ । दोस्रो पटक हङकङलाई हराए , नेपालले एकदिबसिय मान्यता पाउने छ।

नेपालले पि एन जिलाइ हराउदा ,नेदरल्यान्डले हङकङलाई हराए मात्र , नेपालले एकदिबसिय मान्यता पाउने छ । तर यदि हङकङ र नेदरल्यान्ड बिच हङकङ बिजयी भयो भने नेपालले हङकङ बिरुद्द पुन भिड्नु पर्ने हुन्छ।

ओपनंर

नेपाल र पि.एन.जि मार्च १५ मा भिड्ने छन ।

एकदिबसिय मान्यता पाउन , प्ले अफमा नेपालले यसरी प्रतिस्पर्धा गर्नु पर्ने !
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

To Top