नेपाली खबर

नेपालले एकदिवसीयकाे मान्यता पाउला ? हेर्नुस् पाँच सम्भावना यस्ता छन्

पाँच सम्भावना यस्ता छन्

आगामी वर्ष इंग्ल्यान्ड र वेल्समा आयोजना हुने आईसीसी विश्व कप २०१९ को लागि जिम्बाबेमा फागुन २० देखि छनोट प्रतियोगिता जारी छ ।

नेपाल सहित १० राष्ट्र सहभागी प्रतियोगिताबाट उत्कृष्ट हुने २ टिमले वान डे विश्वकप खेल्नेछन् । यस्तै प्रतियोगिताबाट उत्कृष्ट-३ एसोसिएट राष्ट्रले एकदिवसीय मान्यता पाउनेछन् ।

समूह ‘ए’मा आयरल्यान्ड, नेदरल्यान्ड्स, पपुवा न्युगिनी, वेस्ट इन्डिज र युएई छन् । समूह बी मा नेपालसहित हङकङ, अपगानिस्तान, जिम्बाम्बे र स्कटल्याण्ड छन् ।

दुवै समूहका शीर्ष ३–३ टिम सुपर–६ मा पुग्नेछन् । सुपर सिक्समा लिग खेल हुनेछन् । शीर्ष २ टिम सन् २०१९ को एकदिवसीय विश्वकपका लागि छनोट हुनेछन् ।

विश्व क्रिकेट लिग च्याम्पियनसिप जितेको नेदरल्यान्ड्सले एकदिववसीय मान्यता पाइसकेको छ। अब पपुवा न्युगिनी, स्कटल्यान्ड, हङकङ, नेपाल र यूएई मध्ये शीर्ष ३ टिमले सन् २०२२ सम्मका लागि एकदिवसीय मान्यता पाउनेछन् ।

नेपालको सम्भावना 

समूहमा कम्तिमा तेस्रो स्थानमा रहँदै सुपर सिक्समा प्रवेश गर्दा नेपालले सोझै वानडे मान्यता पाउँछ।

यदि नेपाल पुपर सिक्समा पुगेन भने हङकङभन्दा माथि रहेर समूह चरणको खेल टुङ्गाउनुपर्छ।

यदि पपुवा न्यूगिनी अर्को समूहको अन्तिममा भए नेपालले स्वतः एक दिवसीय मान्यता पाउनेछ।

यदि पपुवा न्यूगिनि समूहमा चौथो भएमा नेपालले पपुवा न्युगिनीलाई सातौ स्थानको खेलमा हराउनुपर्नेछ।

यदि नेपाल सुपर सिक्समा प्रवेश नगरेर हङकङ भन्दा पनि तल भएमा अफगानिस्तानभन्दा माथि रहने र अर्को समूहबाट वेष्टइन्डिज, आयरल्याण्ड र नेदरल्याण्ड सुपर सिक्समा पुगे। सातौ स्थानको खेलमा युएईलाई हराउनुपर्छ।

नेपालले एकदिवसीयकाे मान्यता पाउला ? हेर्नुस् पाँच सम्भावना यस्ता छन्
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

To Top