नेपाली खबर

नेपालको २०० रन पुरा

३८१ रनको लक्ष्य पक्ष्याएको नेपालको स्कोर ९ रन हुदा पहिलो विकेट झर्यो । ओपनर दिलिप नाथ मात्र २ रनमा पेभेलियन फर्किए ।

त्यसपछि कप्तान पारस खड्का र ज्ञानेन्द्र मल्लले ४१ रनको साझेदारी गर्दै नेपालको स्कोर ५० रन कटाए । तर पारस खड्का ब्यक्तिगत ४० रनमा आउट भएपछि नेपालले ६३ रनमा दोस्रो विकेट गुमायो ।

पारस आउट हुँदा उनी लिष्ट ए मा एक हजार रन बनाउनबाट ९ रनले चुके । तेस्रो विकेटका लागि ज्ञानेन्द्र मल्ल र दिपेन्द्रसिंह ऐरीले ३५ रनको साझेदारी गर्दै टिमलाई सम्हाल्ने कोशिस गरेका थिए ।

तर ऐरी २३ रनमा आउट हुदा नेपालले ९८ रनमा ३ विकेट गुमायो । लगत्तै ज्ञानेन्द्र मल्ल ब्यक्तिगत ३२ रनमा आउट भएपछि नेपालले एक सय १० रनमा चौथो विकेट गुमायो ।

नेपालका लागि ५० रन पुरा गरेका शरद आउट भएपछि नेपालले एक सय ८३ बलमा ५ विकेट गुमायो । शरदले आरिफसँग मिलेर ५३ रनको साझेदारी गरेका थिए ।

नेपालको २०० रन पुरा
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

To Top