नेपाली खबर

टेष्ट मान्यताप्राप्त जिम्बाबे सँग नेपालको सम्मानजनक ११६ रनको हार

विश्वकप क्रिकेट छनोट अन्तरगतको पहिलो खेलमा नेपाल जिम्बावेसँग ११६रनले पराजित भएको छ ।

जिम्बावेले दिएको ३८१ रनको विशाल लक्ष्य पछ्याएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २६४ रन बनायो । नेपालका लागि शरद भेषावकरले ४८ बलमा ६ चौका र एक छक्कासहित सर्वाधिक ५२ रन बनाए । उनको यो लिस्ट ए प्रतियोगितामा छैटौँ अर्धशतक हो ।

त्यस्तै पारस खड्काले ३७ बलमा ८ चौकासहित ४० रन बनाए । उनी आज लिस्ट ए म्याचमा एक हजार रन बनाउनबाट मात्रै ९ रनले चुके । उनले लिस्ट ए प्रतियोगितामा आजको खेलमा सहित ९९१ रन बनाएका छन् ।

त्यस्तै दिपेन्द्रसिंह ऐरीले २२, ज्ञानेन्द्र मल्लले ३२ रन बनाए । रोहितकुमार पौडेलले ३२ बलमा ३० रन बनाए । त्यस्तै अारिफ शेखले ५९ बलमा ५ चौकासहित ५० रन बनाए । त्यस्तै नटअाउट रहेका साेमपाल कामी र सन्दीप लामिछानेले क्रमश: १२ र ७ रन बनाए । वसन्त रेग्मी र अाेपनर दिलिप नाथ भने २ रनमै पेभेिलयन फर्किए ।

जिम्बावेका लागि सिकन्दर राजाले ३, ब्रायन भिटाेरीले २ तथा तेन्डाई चटारा, केल जार्भिस र ग्रेमी क्रिमरले समान १-१ विकेट लिए ।

यसअघि टस जितेर नेपाललाई पहिले फिल्डिङको निम्तो दिएको जिम्बावेले निर्धारित ५० ओभरमा ४ विकेट गुमाउँदै रन बनाएको हो ।

विश्वकप क्रिकेट छनोटको पहिलो खेलमा जिम्बावेले नेपाललाई ३८१ रनको विजयी लक्ष्य दिएको थियो । यो नेपालले पाएको सबैभन्दा ठूलो विजयी लक्ष्य हो । यसभन्दा अघि सन् २०१३ मा डिभिजन ३ अन्तरगतको खेलमा नेपाललाई अमेरिकाले ६ विकेट गुमाएर ३६७ रनको टार्गेट दिएको थियो ।

नेपालका ओपनर बलर पारस खड्का र सोमपाल कामीले महंगो बलिङ गरे । पारस खड्काले ५ ओभर बलिङ गर्दै ५७ रन खर्चिए । पारसको बलिङमा जिम्बावेका ब्याट्सम्यानले ९ चौका र ३ छक्का प्रहार गरे । पारसको बलिङको इकोनोमी रेट ११.४० रह्यो । पारस खड्काले आफ्नो पहिलो ओभरमै १६ रन दिएका थिए ।

सोमपाल कामीले ८ ओभर बलिङ गर्दै ८२ रन दिए । उनले ४९ औँ ओभरको चौथो र पाँचौँ बलमा जिम्बावेका लागि विस्फोटक ब्याटिङ गरेका सिकन्दर राजा र ब्रेन्डन टेलरलाई आउट गरे ।

आजको खेलमा डेब्यू गरेका ललित राजवंशीले १० ओभर बलिङ गर्दै एक विकेट लिएर ६२ रन दिए । त्यस्तै वसन्त रेग्मीले १० ओभरमा एक ओभर मेडन राख्दै ६९ रन दिएर दुई विकेट लिए । सन्दीप लामिछानेले ९ ओभरमा एक मेडन राख्दै एक विकेट लिएर ६४ रन खर्चिए । नेपालका लागि शरद भेषावकरले ६ ओभर बलिङ गरे । उनले ६ ओभरमा मात्र ३२ रन दिए । त्यस्तै दुई ओभर बलिङ दिपेन्द्रसिंह ऐरीले ११ रन दिए । नेपालका लागि वसन्त रेग्मी तथा साेमपाल कामीले २-२ तथा सन्दीप लामिछाने र ललित राजवंशीले एक–एक विकेट लिए ।

टेष्ट मान्यताप्राप्त जिम्बाबे सँग नेपालको सम्मानजनक ११६ रनको हार
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

To Top