Flash Backs

२०१५ को डिभिजन दुईमा नेपालको प्रदर्शनलाई फर्केर हेर्दा

हाम्रो नेपाल क्रिकेट, क़ाठमाडौ

पछिल्लो पटक डिभिजन दुईमा नेपालको यात्रा !!

२०१५मा डिभिजन  तिनको ट्रफी उठाएर नेपाल डिभिजन दुईमा उकलिएको हो।  डिभिजन एकमा बढुवा र एक दिबसिय मान्यता पाउने लक्ष्य लिएर नेपाल डिभिजन दुई खेल्न नामिबिया भित्रीएको थियो।

डिभिजन दुईको लागि नेपालको टिम यस प्रकारको थियो:

पारस खड्का(कप्तान) , आरिफ शेइख , बिनोद भण्डारी , अमृत भट्टराई , नरेश बुडाएर , शक्ति गौचन, करण के.सि, भुवन कार्की ,  खकुरेल , ग्यानेन्द्र मल्ल , बसन्त रेग्मी , सागर पुन , सोमपाल कामि , शरद भेषावकर ।

पहिलो खेल : नेपाल र युगान्डा

नेपालको पहिलो खेल युगान्डासङ्ग थियो। ४९.५ ओभरमा अलआउट भएर युगान्डाले दिएको १४७ रनको तार्गेट पनि नेपालले पूरा गर्न सकेन। १४६ रनको लक्ष्य पछ्यएको नेपालले ५० ओभर खेलेर आफ्नो सबै विकेट गुमाउदै १४४ रनमात्र जसका कारण पहिलो खेल २ रनले हार्न पुग्यो। सो खेलमा सुबास खेकुरेलले ३२ , ग्यानेन्द्र मल्लले ३४ र नरेश बुडाएरले १० रनको योग्दान दिएका थिए भने अरु कुनै ब्याट्सम्यानहरुले राम्रो रन जोड्न सकेका थिएनन् । बलिङ्गतर्फ पारसले ३ विकेट लिए भने बसन्त र सोम्पालले २-२ विकेट चट्काएका थिए। ठूलो लक्ष्य बोकेको नेपाली टोलि तथा नेपाली क्रीकेट समर्थकहरुलाइ यो हारले निकै ठेस पुर्याएको थियो।

दोस्रो खेल : नेपाल र नेदरल्यान्डस्

पहिलो खेलमा हार बेहोरेको नेपालको दोस्रो खेल नेदरल्यान्डसङ्ग थियो । पहिलो खेल झै नेपाली बलरहरुले उत्कृष्ट बलिङ गरे जसको फलको रुपमा नेदरल्यान्डस् १५८ रनमा समेटिन पुग्यो । सोमपाल कामी , पारस खड्का , शक्ति गौचन र वसन्त रेग्मीले २-२ विकेट चट्काएका थिए। १५९ रनको लक्ष्य पुरा गर्ने क्रममा नेपालले ८ विकेट गुमायो। ४९.३ ओभर खेलेर ८ विकेट गुमाइ नेपालले लक्ष्य पुरा गर्दै ऐतिहासिक जित हासिल गरेको थियो। ब्याटिङतर्फ सबैको योगदान रहयो जस मद्दे बिनोदले ३५ रन जोडे भने शरद र सोम्पालले २४-२४ रन जोडेका थिए। यसरी पहिलो खेलमा निरास भएको नेपाली टोलिलाइ केही बिश्वास प्राप्त भएको थियो। र नेदरल्यान्डस् जस्तो कडा प्रतिस्पर्धिलाइ हराउदा सारा नेपाली क्रीकेट जगतनै उत्साहित भएको थियो।

तेस्रो खेल : नेपाल र क्यानाडा

नेदरल्यान्डसङ्गको जित पछाडी नेपालले क्यानाडाको सामना गरेको थियो। पहिले ब्याटिङ गरेको क्यानाडालाइ नेपाली बलरहरुले च्यापेपछि क्यानाडा ११४ रनमा समेटिन पुगेको थियो। करण के.सिले ५ विकेट लिएका थिए भने सोम्पालले २ तथा सागर ,शक्ति र पारसले १-१ विकेट लिएका थिए। ११४ रनको झिनो लक्ष्य, नेपालले २३.१ ओभरमा पूरा गरेको थियो। लक्ष्य पछ्याउने क्रममा ग्यानेन्द्र मल्लले ३२ रन जोडे भने पारसले ७७ रन बनाए । यसैगरि नेपाल आफ्नो तेस्रो खेलमा ७ विकेटले बिजयी भएको थियो।

चौथो खेल : नेपाल र नामिबिया

चौथो खेलमा नेपाल र घरेलु टिम नामिबिया भिडेका थिए। पहिले ब्याटिङ गरेको नामिबिया १४२ रनमा समेटिन पुगेको थियो। सो खेलमा करणले ३ विकेट चट्काएका थिए भने सोमपाल , वसन्त र शक्तिले समान २-२ विकेट हात पारेका थिए। १४२ रनको लक्ष्य पछ्याउने क्रममा पारसले ६४ रनको उत्कृष्ट पारी खेलेका थिए र उनलाइ साथ दिदै ग्यानेन्द्र र बिनोदले ३१ र ११ रन बनाएका थिए।

पाचौ खेल : नेपाल र केन्या

पाचौ खेलमा नेपालले केन्याको सामना गरेको थियो । यो खेलमा नेपालले पहिले ब्याटिङ गर्न निम्तो पाएको थियो। पहिले ब्याटिङ गरेको नेपालले ४९.५ ओभर खेल्दै १९४ रन बनाएको थियो। नेपालका लागि ग्यानेन्द्र मल्लले ९१ रन प्रहार गरेका थिए भने पारसले २० र सरदले १८ रन जोडेका थिए। १९५ रनको लक्ष्य पछ्याएको केन्याले आक्रमक ब्याटिङ गर्दै ३५ ओभरमा ५ विकेट गुमाइ लक्ष्य पूरा गरेको थियो । बलिङ्ग तर्फ नेपालका बसन्त , करण र सागरले १-१ विकेट लिएका थिए। पाँच खेल खेलेपछी नेपालले अन्क तालिकामा तेस्रो स्थान हासिल गरेको थियो।

प्ले अफ : नेपाल र केन्या

तेस्रो स्थानका लागि प्ले अफको खेलमा नेपाल र केन्या फेरि आमने सामुने थिए। यो खेलमा केन्याले पहिले ब्याटिङ गर्दै २०९ रनको लक्ष्य पेश गरेको थियो।  नेपाली बलरहरुमद्दे सोमपाल कामीले ३ विकेट लिएका थिए भने सागरले २ विकेट चट्काएका थिए।  २०९ रनको लक्ष्य पछ्याएको नेपाल जित भन्दा १६ रन टाढा हुदा समेटिन पुगेको थियो।  नेपालका लागि बिनोद भन्डारीले ७३ रन प्रहार गरेका थिए भने ग्यानेन्द्र मल्लले ४८ रनको योगदान दिएका थिए।  र जसकारण नेपाल आफ्नो अन्तिम खेलमा १५ रनले पराजित भएको थियो।

२०१५ को डिभिजन दुईमा नेपालको बलिङ्ग धेरै नै बलियो देखिएको थियो तर ब्याटिङ भने तारिफ योग्य थिएन।  नेपालले १४२ , १९५ रनको लक्ष्य पनि पछ्याउन सकेको थिएन। बलिङ्गमा तिब्र गतिका बलरहरुले विकेट चट्काएका थिए भने स्पिनरहरुले इकोनोमि मेन्टेन गरेका थिए। तर ब्याटिङमा भने स्ट्राइक रोटेसन देखि लिएर धेरै समस्याहरु देखिएका थिए। यसपाली पनि कन्डिसन त्यही छ र टिमहरु पनि लगभग तिनै हुन । आशा गरौ  नेपालको ब्याटिङ सुध्रने छ । बिदेशी ब्याटिङ कोचको साथ र यु ए इमा गरिने अभ्यासले नेपाली ब्याटिङमा सुधार आउने बिश्वास छ।

डिभिजन दुई नेपालका लागि गर या मर स्थिति हो।  नेपाली खेलाडीहरुको अभ्यास तिब्र गतिमा बढिरहेको छ र खेलाडीहरुले आफ्नो १०० प्रतिशत दिने अठोट गरेका छ्न ।  भारतिय कोच कुलकर्णीले नेपाली खेलाडीहरुको तारिफ पनि गरेका छन।  नेपालले यु.ए.इ गएर केही समय बिताऊने छ र फेब्रुअरी ८ देखी नामिबियामा हुने प्रतियोगिता खेल्ने छ।

२०१५ को डिभिजन दुईमा नेपालको प्रदर्शनलाई फर्केर हेर्दा
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

To Top