Team Nepal Squad For 2018
नेपाली खबर

डिभिजन दुईका लागि १४ सदस्य टोलिको घोषणा | रोहित पौडेल टिममा परे

हाम्रो नेपाल क्रीकेट , काठमाडौ

डिभिजन दुइका लागि १४ सदस्य टोलिको घोषणा

आइसीसी विश्व क्रिकेट लिग डिभिजन टु का लागि नेपाली राष्ट्रिय क्रिकेट टिमको घोषणा भएको छ । यसपटक युवा खेलाडी रोहितकुमार पौडेलले पहिलो पटक राष्ट्रिय टिममा स्थान बनाएका छन ।नामिवियामा फेब्रेवरी ८ तारिख देखि १६ तारिखसम्म हुने प्रतियोगिताका लागि १४ खेलाडीको नामावली सार्वजनिक गरिएको हो। यसअघि युएइ विरुद्ध टिममा परेका अनिलकुमार शाहले पनि टिममा स्थान बनाएका छन । तर युएइ विरुद्ध अनिलले खेल्ने मौका पाएका थिएनन । आइसीसी प्रतिनिधी अनिमुल इस्लामको संयोजनमा प्रशिक्षक जगत टमाटा र कप्तान पारस खडकाको सल्लाहमा टिम तयार गरिएको हो ।

प्राय पुरानै अनुहारलाई निरन्तरता दिइएको नेपाली टोलीमा गत महिना सम्पन्न ईपिएलमा गरेको प्रदर्शनका आधारमा रोहितलाई फिनिसरको रुपमा नेपाली टोलीमा समावेश गरिएको हो ।यु ए इ टुरमा दिपेन्द्र सिंह ऐरी घाइते भएपछि नेपाली टोलीको १४ मा स्थान बनाउन सफल अनिल, पनि फेरी टोलीमा स्थान बनाउन सफल भए ।नेपाली टोलीमा तिन जना तिब्र गतिका बलरहरु सोमपाल, करण र ललित परेका छन् भने अलराउन्डर आरिफ शेख पनि टोलीमा अटाइएका छन् ।

इ.पि.एलमा राम्रो प्रदर्सन गरेका सुनिल धमला भने १४मा पर्न सकेनन् । त्यसै गरि सिद्धान्त लोहनी ,ललित राजबन्शी ,किशोर महत्तो पनि टिममा पर्न सकेनन् ।

नेपाली टोली यश प्रकार रहेको छ:

१.पारस खड्का (कप्तान)


२.शरद भेषावकर


३.वसन्त रेग्मी


४.रोहित पौडेल

५.अनिल शाह

६.करण केसि


७.ललित भण्डारी


८.दिलिप नाथ


९.आरिफ शेख


१०.सन्दिप लामिछाने


११.सोमपाल कामी


१२.ज्ञानेन्द्र मल्ल


१३.शक्ति गौचन

 

१४.दिपेन्द्र ऐरि

हामिले छानेको सम्भाबित प्लेयिङ ११यस प्रकार छ :

१४ सदस्य टोलिबाट ११ टोलिमा झर्दा कोको टिम रहलान न रहलान , अझै टुङ्गो लागेको छैन। एकमात्र विकेट किपर दिलिप नाथको सम्भावना बढी देखिएको छ भने रोहित र अनिलमा कुनै एक जनाले मौका पाउलान। आरिफ सेखले इ.पि.एलमा गरेको उत्कृष्ट प्रदर्सनलाई हामीले नकार्न सक्दैनौ। अनिल र आरिफमा एक जनाले स्थान पाउलान्। वसन्त रेग्मी , शक्ति र सन्दिप मध्ये हामीले एकजनालाइ नदेख्न सक्छौ। फास्ट बलिङ्ग ट्र्याकलाइ मद्दत गर्ने नामिबियाको पिचमा ललित भण्डारीको पनि सम्भावना देखिन्छ। रोहितले नेपालका लागि गेम फिनिश गर्ने क्षमता राख्छन त्यसैले उनलाइ पाचौ स्थान ठिक होला। ओपनरमा ग्यानेन्द्र मल्ल र दिलिप ठिक होलान भने पहिलो विकेटमा दिपेन्द्र ऐरि आउदा राम्रो होला। दिपेन्द्रले लामो इन्निङ खेल्न सक्छ र खेलेका छन । र यो स्थान उनको लागीनै ठिक होला। दुई युवा दिलिप र दिपेन्द्रलाई ग्यानेन्द्र र शरदको मद्दत मिल्ने छ भने मिडल अर्डरमा पारस खड्का र शरदले अनिल शाह र आरिफ तथा रोहितलाइ गाइड गर्ने छन।

ओपनर : ग्यानेन्द्र र दिलिप

पहिलो विकेट : दिपेन्द्र ऐरि

दोस्रो विकेट : शरद भेषावकर

तेस्रो विकेट : अनिल शाह/ आरिफ सेख

चौथो विकेट : पारस खड्का

पाँचौ विकेट : रोहित पौडेल

छैटौं विकेट : सोमपाल कामी

सातौ विकेट : करण केसि/ ललित भण्डारी

आठौ विकेट : वसन्त /शक्ति

नौऔ विकेट : सन्दिप

 

डिभिजन दुईका लागि १४ सदस्य टोलिको घोषणा | रोहित पौडेल टिममा परे
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

To Top