अन्तर्राष्ट्रिय

दक्षिण अफ्रिकाको खतरनाक बलिङ्गमा टिकेन भारतिय पारी | भारत १८७ रनमा समेटियो

हाम्रो नेपाल क्रीकेट , काठमाडौ

भारतीय पारी फेरि लड्खडायो

पहिलो र दोस्रो खेलमा भारी रन अन्तरले पराजित भएको भारत तेस्स्रो तथा अन्तिम टेस्टको पहिलो दिनमै समेटिन पुगेको छ । टस जितेर पहिले ब्याटिङ गरेको भारतले १८७ रनमा सबै विकेट गुमाएको हो। दक्षिण अफ्रिकामा भारत पहिलो चोटि  टेस्टको पहिलो दिनमा नै समेटिन पुगेको हो।

तेस्रो टेस्टको पहिलो दिनमै भारत समेटियो


भारतका दुबै ओपनर सस्तैमा आउट भएपछि दक्षिण अफ्रिकाले भारतीय ब्याट्सम्यानहरु माथी दबाब बनाउन थालेको हो। त्यस्पछी पुजारा र कप्तान कोहलीले ८४ रनको साझेदारी गरेपछि भारतले बापसी गरेको हो। ४२.४ ओभरमा कोहली ५४ रनमा लुङ्गीको बलमा आउट भएपछि खेल फेरि दक्षिण अफ्रिका तर्फ ढल्केको हो। कोहली आउट भएपछि बिदेशी पिचमा उत्कृष्ट रेकर्ड भएका रहाणे कृजमा आएका थिए। ११३ रनमा हुदा भारतले रहाणेलाइ गुमाएको थियो। उनी मोर्ने मोर्केलको बलमा आउट भएका थिए। भारत १४४ रनमा हुदा , पुजारा पनि पबिलियन फर्किएपछि भारत धराशायी हुन पुगेको हो।

त्यसपछी भुबेश्नर कुमारले ३० रन जोडे  भने अरुकुनै ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । दक्षिण अफ्रिकाका लागि मोर्ने मोर्कल, फिलान्डर र अन्दिलले समान दुई- दुई विकेट लिए भने रबाडाले ३ तथा लुङ्गीले १ विकेट चट्काएका थिए।

यसैगरी दक्षिण अफ्रिकाले फेरि उत्कृष्ट बलिङ गरेर भारतीय ब्याट्सम्यानलाई धराशायी पारेको छ। ३ खेल शृङ्खलामा दक्षिण अफ्रिकाले पहिले नै २ खेल जितिसकेको छ र यस खेलमा पनि भारतलाइ दबाबमा राख्न सफल भएको छ।

दक्षिण अफ्रिकाको खतरनाक बलिङ्गमा टिकेन भारतिय पारी | भारत १८७ रनमा समेटियो
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

To Top