Carnival
News

क्रिकेट कार्निभल सम्पन्न | यस्तो रहयो अन्तिम दिन

हाम्रो नेपाल क्रिकेट,काठमाडौ

मदन भन्डारी स्पोर्ट्स एकेडमिले टि यु मैदानमा आयोजना गरेको क्रिकेट कार्निभलको आज दोश्रो तथा अन्तिम दिन महत्त्वपूर्ण च्यालेन्जेज एन्ड अपरचुनिटिच इन नेपाली क्रिकेट नामक सेमिनार सम्पन्न भयको छ !

सेमिनारमा कार्यपत्र उज्वल आचार्यले गर्नुभयको थियो भने उक्त कार्यपत्रमा कमेन्ट्स पुर्ब कप्तान द्वय एल बि छेत्री र बिनोद दास, रास्ट्रीय कोच जगत टमटाले गर्नु भयको थियो !

कार्यपत्रमा उज्वल आचार्यले घरेलु क्रिकेट, ब्यबसायिकता र पुर्बाधार अहिलेको प्रमुख चुनौती रहेको, यद्धपी नेपाली क्रिकेट अघि बढ्ने प्रसस्त आधार समेत रहेको औल्याउनु भयको थियो !


कार्यपत्रमा कमेन्ट्स गर्दै

पुर्ब कप्तान एल बि छेत्री, ” २०१० मा इलेक्ट्रोरल प्रोसेसमा जाने क्रममा शक्तिकेन्द्र धाउने गलत अभ्यासको फल आज नेपाली क्रिकेटले भोग्दै छ ! क्रिकेट बिकास भन्दा आफू पदमा कसरी पुग्ने खिचातानीले गर्दा सस्पेन्ड हुन पुग्यो ! खेलाडिको सोसल सेक्युरिटीमा ध्यान दिदै राज्यले कम्तिमा १० प्रतिसत लगानी प्रायोरिटाइज्ड स्पोर्ट्समा गर्न जरुरी छ ”

पुर्ब कप्तान बिनोद दास, ” म आफू भय ठिक नत्र गलत यो प्रबिती रहेको छ ! हामी आफुलाइ गभर्न गर्ने निकाय समेत बनाउन सकेका छैनौ ! इन्कम्पिटेन्सी आजको प्रमुख चिन्ता हो, समस्या मानसिकतामा रहेको छ ! फेल भय ग्रुपको, पास भय मेरो मात्र योगदान भन्ने मानसिकता हटाय सबै सुध्रन्छ !

रास्ट्रीय कोच जगत टमटा, ” पुरानो कुराबाट पाठ सिक्दै अब अघि बढ्न जरुरी छ, ICC बाट तयारी देखि अन्य कुराहरुमा रोकतोक गरिदा एज ग्रुप र सिनियर टिमलाइ अहिले अगाडि बढाउन निकै गारो हुदैछ ! डिबिजन दुइमा हजारौ खेलाडिको भबिस्य समेत जोडियेको हुदा हामी सक्दो कोसिस गर्नेछौ ”रास्ट्रीय अ्पायर बिनय झा, ” अब क्रिकेट प्रसासन हेर्छु भन्नेले NPL जस्तो वान डे खेल हुनबाट रोकिदा हामी कहाँ चुक्यौ, क्रिकेट पावरहाउस भारत सङ नेपाली क्रिकेटको सम्बन्ध किन बनेन, क्यानमा व्यावसायिक ब्यक्तिहरु सि यी यो र फाइनान्स म्यानेजरहरुलाइ किन टिकाउन सकियेन, उमेर समुहमा उत्कृष्ट नेपाल सिनियर सम्म आइपुग्दा किन धरासायी हुन्छ, एकेडमी चलाउने तर इन्टर एकेडमी लिगहरु किन हुदैनन, उमेर समुहमा ओभर एजको समस्या किन निराकरण गर्न सक्दैनौ, भयका क्रिकेट मैदानहरु पुल्चोक, ल्याब स्कुलहरुको संरक्षण किन गर्न सकियेन आदि प्रश्नहरुको उत्तर खोज्न जरुरी छ, यी प्रश्नको उत्तर सहित क्रिकेट प्रसासन आय सबै सहज हुन्छ ”

सेमिनारमा सकारात्मक कुरालाइ अघि बढाउन आवस्यक, क्रेज बचाउन अभिभावकले गरेको लगानिको मुल्यांकन, उत्पादित खेलाडिको फ्रस्टेसन कम गर्न प्लयेर्स क्राउड म्यानेजमेन्ट गर्ने, पढाइ र खेलको सन्तुलन मिलाउने आदि आदि चुनौती नेपाली क्रिकेटमा रहेको छलफल व्यापक रुपमा भयको थियो !
मदन भन्डारी स्पोर्ट्स एकेडमिका अध्यक्ष बिनोद श्रेष्ठले आगामी दिनमा समेत नेपाली क्रिकेटलाई सकारात्मक प्रभाव पार्ने कार्यक्रम गर्दै अघि बढ्न एकेडमी तयार रहेको बताउनुभयो !

क्रिकेट कार्निभल सम्पन्न | यस्तो रहयो अन्तिम दिन
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

To Top