Featured

डिभिजन २ को लागि तालिका सार्बजानिक | मात्र १९ दिन बाकी

हाम्रो नेपाल क्रीकेट , काठमाडौ

आइ सि सि बिश्व क़्रिकेट लिग अन्तर्गत नामिबियामा हुन लागेको डिभिजन २को खेल तालिका सार्बजानिक

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले नेपाल क्रिकेट संघ (क्यान) लाई निलम्बन गरेको २० महिनाभन्दा बढी भइसक्यो । त्यसकारण विश्व क्रिकेटको सर्वोच्च निकायले नेपाली क्रिकेटलाई नियन्त्रणमा राखेको छ । नेपाली टोलीको तयारी देखि आर्थिक गतिविधिसम्म आईसीसीले तोकिएको अनुसार हुनुपर्छ ।नेपालले अर्को महिना नामिबियामा हुने विश्व क्रिकेट लिग डिभिजन २ मा प्रतिस्पर्धा गर्दै छ । नेपालले आफ्नो तयारीका लागि दक्षिण अफ्रिकामा अभ्यास म्याच खेल्ने योजनासहित आईसीसीलाई प्रस्ताव पठाएको थियो ।

आईसीसीले त्यसलाई स्विकारेन । आईसीसीले दिएका तीन विकल्पमध्ये एक यूएईमा गएर नेपालले डिभिजन २ को तयारी गर्नेछ । डिभिजन २ मा यूएई पनि नेपालको एक प्रतिद्वन्द्वी हो । त्यही यूएईले विश्वकप छनोटमा पुग्ने आधार रहेको डिभिजन २ को तयारीक्रममा आयरल्यान्ड र स्कटल्यान्डसँग त्रिकोणात्मक एकदिवसीय शृंखला खेल्दै छ ।

यु.ए.इको जबर्जस्त तयारी

आयरल्यान्ड र स्कटल्यान्ड दुवै वान डे अन्तर्राष्ट्रिय मान्यता प्राप्त टोली हुन् । आयरल्यान्ड यसै वर्षदेखि टेस्ट राष्ट्र पनि बन्दै छ ।त्यसको ठीक विपरीत नेपाल डिभिजन २ को तयारीका लागि यूएई जाँदै छ । तर, नेपालले यूएईको राष्ट्रिय टोलीसँग नभई त्यहाँका स्थानीय टोलीसँग तीन अभ्यास खेल खेलेर नामिबियाको तयारी गर्नेछ ।

Uae

प्रशिक्षक जगत टमाटाका अनुसार नेपालले यूएई ११ सँग दुई तथा एक स्थानीय टोलीसँग अर्को एक अभ्यास खेल खेल्नेछ । ‘हामीले आईसीसीलाई डेढ महिनाअघि नै आवश्यकतासहित आफ्नो कार्यक्रम र प्रस्ताव दिएका थियौं, तर के मिल्यो मिलेन थाहा भएन ।
दक्षिण अफ्रिका गएर अभ्यास खेल खेल्न नसकिने जनाउँदै आईसीसीले दोस्रो विकल्प दुबई दियो,’ प्रशिक्षक टमाटाले भने, ‘दुबईमा सुविधाहरू राम्रो छ, त्यसैले दुबई नै गर्नुस भन्यो ।

नामिबिया क्रिकेटले शुक्रबार खेल तालिका सार्वजनिक गरेको हो। जसअनुसार नेपालले पहिलो खेल आयोजक नामिबियासँग माघ २५ गते खेल्नेछ। प्रतियोगिताका १८ खेलहरु नामिबियाका ३ वटा मैदानमा सञ्चानलन हुनेछन्।

Namibi

नेपाली टिमका प्रमुख प्रशिक्षक जगत टमाटाका अनुसार नेपालले १० दिन दुबईमा अभ्यास गर्नेछ। नेपाल आगामी साता दुबई जानेछ। त्यसपछि नेपाली टिम सिधै नामिबिया जानेछ।

हाल नेपाली टिम कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अभ्यास गरिरहेको छ। अभ्यासमा पहिलो चरणका २१ जना खेलाडी सहभागी छन्। दुबई भ्रमणमा जानुअघि नेपालले अन्तिम टिम घोषणा गर्नेछ। प्रशिक्षक टमाटाले डिभिजन–२ नेपालका लागि महत्त्वपूर्ण प्रतियोगिता भएकाले उत्कृष्ट खेल्न सबै शक्ति खर्चने बताए।

नेपाली टिमको ब्याटिङ सुधारका लागि मुम्बईका कन्सल्ट्यान्ट प्रशिक्षकको रुपमा सुलक्षण कुलकर्णी आजै आउँदै छन्।
नेपालका खेलहरु यसप्रकार छन:
८ फेब्रुअरी नेपाल vs नामिबिया
९ फेब्रुअरी नेपाल vs ओमन
११ फेब्रुअरी नेपाल vs यु.ए.इ
१२ फेब्रुअरी नेपाल vs केन्या
१४ फेब्रुअरी नेपाल vs क्यानाडा
१५ फेब्रुअरी फाइनल

डिभिजन २ को लागि तालिका सार्बजानिक | मात्र १९ दिन बाकी
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

To Top