News

टि.यु अन्तर्राष्ट्रिय क्रीकेट मैदानको स्तरोन्नतिका लागि २ करोड छुट्याइयो।

हाम्रो नेपाल क्रीकेट , काठमाडौ

नेपाली क्रीकेटलाइ सरकारद्वारा ठूलो सहयोग गरिएको छ। युवा तथा खेलकुद मन्त्री राजेन्द्र के.सि ज्युले किर्तिपुर स्थित  टि.यु ग्राउन्ड्रको स्तरोन्नतिका लागि २ करोड बिनियोजन गरिएको बताए।

 

युवा तथा खेलकुद मन्त्रीले भने ‘यो वर्ष नै त्रिवि मैदान स्तरोन्नततिका लागि २ करोड बजेट विनियोजन गरेका छौं । टियुमा बन्न लागेको बहुउद्देश्यीय कभर्ड हललाई १ अरब बजेट विनियोजन भएको छ ।’ नेपालमा पहिलोपटक आयोजना भएको क्रिकेट कार्निभलको उद्घाटन कार्यक्रममा बोल्दै युवा तथा खेलकुद मन्त्री केसीले भने, ‘सबै प्रक्रिया अघि बढिसकेको छ, मुलपानी क्रिकेट मैदानमा प्याराफिट राख्ने काम पनि यसै आर्थिक वर्ष सकाउने लक्ष्यमा छौं ।’

टि.यु ग्राउन्डको बिकास  र नेपाली क्रीकेटको प्रगती  एक अर्का सङ्ग सम्बन्धित छन। रास्ट्रपति बिद्या देबि भण्डारीको आतिथ्यमा मदन भन्डारी क्रीकेट एकेडेमि खोलिएको छ। सरकारबाट निरन्तर रुपमा यसरिनै सहयोग आउने हो भने नेपाली खेल्कुदले अवस्य कचुली फेर्ने छ।

टि.यु अन्तर्राष्ट्रिय क्रीकेट मैदानको स्तरोन्नतिका लागि २ करोड छुट्याइयो।
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

To Top