अन्तर्राष्ट्रिय

बङलादेशको दबाबमा अल्झियो श्रीलंका | बङ्ग्लादेशको ऐतिहासिक जित

हाम्रो नेपाल क्रीकेट , काठमाडौ

शाकिब उल हसानको उत्कृष्ट प्रदर्शनमा बङ्ग्लादेशले अहिले सम्मकै सर्बाधिक रनान्तर बिजयी भएको छ।

टस जितेर पहिले ब्याटिङ गरेको बङ्ग्लादेशले ५० ओभर खेल्दै ३२० रन बनाएको थियो। ओपनर तमिम इक्बाल र एनामुल हकले ७१ रनको साझेदारी गर्दै बङ्ग्लादेशलाइ राम्रो सुरुवात दिएका थिए।

शाकिब उल हसानले ६७ रनको पारी खेल्दै तमिम सङ्ग १०१ रनको साझेदारि गरे।तामिम ८४ रनमा आउट भएपछि शाकिब उल हसानलाइ साथ दिन कृजमा मुस्फिकर रहिम आएका थिए। शाकिब ६७ रनमा आउट भए भने मुस्फिकरले ६२ रन जोडे। अन्तिममा साबिर रेहेमानले १२ बलको सामना गर्दै २४ रन बनाएपछी बङ्ग्लादेशले ३२० रन बनाएको हो।

 

बलिङ्गमा थिसारा परेराले सर्बाधिक ३ विकेट लिए भने नुवान प्रदिपले २ साथै गुनारत्ने र धननजयाले १-१ विकेट लिए।  धनन्जया बाहेक अरु सबै श्रीलंकाका बलरहरु महङ्गा साबित भए।

३२१ रनको बिशाल लक्ष्य पछ्याएको श्रीलंकाको सुरुवात राम्रो हुन सकेन।२.२ ओभरमै कुसल परेरा आउट भए पछि , कृजमा आएका कुसल मेनडिस पनि चाडै पबिलियन फर्किन बाध्य भए।त्यसपछि श्रीलंकाको ब्याटिङ तासको पत्ता ढले जसरी उथुल पुथुल भयो। र श्रीलंका ३२.२ ओभरमा १५७ रनमा समेटिन पुग्यो।श्रीलंकाका लागि सर्बाधिक रन थिसारा परेरा (२९ रन ) ले जोडेका थिए।

ऐतिहासिक जित निकाल्ने क्रममा शाकिब उल हसानले ३ विकेट लिए , माश्राफे र रुबेल होसेनले २-२ विकेट लिए भने नासिर होसेन र मुस्ताफिजुर रेहेमानले १-१ विकेट लिएका थिए।

यसै गरि बङ्ग्लादेश १६३ रनले जित्यो।

 

 

बङलादेशको दबाबमा अल्झियो श्रीलंका | बङ्ग्लादेशको ऐतिहासिक जित
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

To Top