राष्ट्रिय

नेपाली क्रीकेटका धुरन्धर “पारस खड्का ” सम्मानित

हामरो नेपाल कृृकेट काठमाडौं

नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्का मदन भन्डारी क्रिकेट सम्मान बाट सम्मानित भएका छन ।महोत्सवमा पहिलो दिन ‘एक्जिविसन म्याच’का रुपमा राष्ट्रिय खेलाडी, राजनीतिक नेता, पत्रकार र कलाकारबीच प्रतियोगिता हुनेछ भने ‘ट्यालेन्ट हन्ट’ प्रतियोगितामा उपत्यकामा रहेका विभिन्न स्कूल, कलेज र युवा खेलाडीबाट करिब ५०० सहभागी रहनेछ । राष्ट्रपति विद्या देबी भन्डारीले आज कप्तान पारसलाइ २५ हजार नगद पुरस्कार सहित सम्मान गर्नु भएको हो । किर्तिपुर स्तिथ टियु मैदानमा आज बाट सुरु क्रिकेट महोत्सवका अवसरमा पारस सम्मानित भएका हुन् । मदन भन्डारी स्पोर्टस फाउन्डेशनले नेपाली क्रिकेटमा योगदान पुर¥याउने क्रिकेट खेलाडीका लागि यो सम्मानको स्थापना गरेको हो । यो सम्मान पाउने पारस पहिलो क्रिकेट खेलाडी हुन् ।आउदा दिनहरुमा यो सम्मानलाइ निरन्तरता दिने फाउन्डेशसनको क्रिकेट विभागले जनाएको छ । पारसको कप्तानीमा रहेको नेपाली टोली हाल नामिबियामा हुने आइसीसी विश्व क्रिकेट लिग डिभिजन टु को तयारीमा रहेको छ ।नेपाली क्रिकेट टोलीलाई सन् २०१४ को ट्वान्टि ट्वान्टि विश्व कपमा तथा डिभिजन पाँच देखी एक सम्म पुऱ्याउन नेतृत्वदायी भुमिका निर्वाह गरेकाले सम्मान गरिएको हो /यसै खेलको तयारीका लागि नेपालले एक साता लामो दुवइ भ्रमण पनि गर्दैछ ।

नेपाली क्रीकेटका धुरन्धर “पारस खड्का ” सम्मानित
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

To Top