Featured

सबैको तयारी धमाधम चल्दैछ | हेर्नुहोस अरु देशहरुले कहाँ गर्नेछन तयारी?

हाम्रो नेपाल क्रीकेट , काठमाडौ

६ रास्टृय , ९ खेल , २ स्थान ,लाखौ कामना

नेपालले २०१५को डिभिजन २ पनि नामिबिया मै खेलेको थियो र तेस्रो स्थानमा रहेको थियो।आगामी महिना नामिबियामा हुने विश्वक्रिकेट लिग डिबिजन २ को लागि सबै सहभागी टोलीहरु अभ्यासमा ब्यस्त छन् ! सबै टोलीहरु उपाधि जिती विश्वकप छनोट खेल्न चाहन्छन । नेपाल, युएई, नामिबिया, केन्या, क्यानाडा र ओमानले खेल्ने प्रतियोगिता सहज नहुने आकलन गर्न सकिन्छ । एस्तो अवस्थामा नेपाली टोली आफ्नै देशमा अभ्यास सकेर माघ ११ वा १३ मा थप अभ्यासका लागि युएयी जाने छ ।

 

युएईले त्रिकोणात्मक सिरिज खेल्दै 
डिभिजन–२ को तयारीका लागि युएईले आयरल्यान्ड र स्कटल्यान्डसँग त्रिकोणात्मक सिरिज खेलिरहेको छ। दुबईमा भइरहेको सिरिजमा युएईले आफूभन्दा बलिया टिमसँग खेल्दै डिभिजिन–२ को राम्रो तयारी गरिरहेको हो।

Uae

नामिबिया दक्षिण अफ्रिकाको भ्रमणमा
डिभिजन–२ को आयोजक नामिबियाले प्रतियोगिताको तयारी दक्षिण अफ्रिकामा गरिरहेको छ। नामिबियाको टिमले तयारीस्वरुप दक्षिण अफ्रिकाको प्रदेशस्तरीय प्रतियोगिता खेलिरहेको छ। पूर्वी प्रदेशस्तरीय प्रतियोगितामा तीनदिवसीय खेल भइरहेको छ।

Namibi

केन्याले जिम्वाबेमा तयारी गर्ने 
केन्या क्रिकेट टिम डिभिजन–२ को तयारीका लागि जिम्बावे जाने भएको छ। केन्याका सहायक प्रशिक्षक पिटर अन्गोन्डोका अनुसार अहिले केन्याको टिमले स्वदेशमै अभ्यास गरिरहेको छ। त्यसपछि अन्तिम तयारी गर्न जिम्बावे जाने उनले बताए।

Kwnya

क्यानडा पनि दक्षिण अफ्रिका जाँदै 
बार्बडोसमा एक साता अभ्यास गरेपछि क्यानडाले नितिश कुमारको कप्तानीमा १४ सदस्यीय टिम घोषणा गरेको हो। अब क्यानडाले अन्तिम तयारी दक्षिण अफ्रिकामा गर्नेछ। टिम क्यानडा जनवरी २५ मा दक्षिण अफ्रिका पुग्ने क्रिकेट क्यानडाले जनाएको छ।

Canada

ओमान स्वदेशमै व्यस्त 
गत वर्ष टी–२० विश्वकप खेलेको ओमानले डिभिजन–२ को तयारीका लागि गत महिना अमेरिका र हङकङसँग सिरिज खेलेको थियो। युएईमा खेलिएको हङकङ विरुद्धको सिरिज पनि ओमानले २–१ ले जितेको थियो। अहिले ओमान एक दिवसीय घरेलु प्रतियोगितामै व्यस्त छ।

Oman

नेपाल यु.ए.इ जाने

नेपालले अहिले नेपालमै अभ्याश गरिरहेकी छ।साउथ अफ्रिका जाने भनिएकोमा केही समस्याका कारण नेपाल यु.ए.इ जाने भएको हो।बेपाल जेनेवरी २७मा यु.ए.इ जानेछ।

 

 

 

 

सबैको तयारी धमाधम चल्दैछ | हेर्नुहोस अरु देशहरुले कहाँ गर्नेछन तयारी?
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

To Top