Sa Victorious
News

लुङ्गी उत्कृष्ट हुदा भारत स्तब्द , दक्षिण अफ्रिका १३५ रनले बिजयी | भारत बिरुद्द साऊथ अफ्रिका

हाम्रो नेपाल क्रीकेट , काठमाडौ

भारत बिरुद्द साऊथ अफ्रिका | २८७ रनको लक्ष्य पछ्यएको भारत १५१ रनमा समेटिएको छ।चौथौ दिनमै हाबी भाको दक्षिण अफ्रिकाको यो लगातार दोस्रो जित हो र यसै गरि अफ्रिकाले यो टेस्ट सिरिज पनि हत्याएको छ।

रबाडा र लुङ्गीको बलमा मुरली बिजय र लोकेश राहुल चाडै पबिलियन फर्किएका थिए।दुबै ओपनर सस्तैमा पबिलियन फर्किए पछि भारत मुस्किलमा परेको थियो। कप्तान बिराट कोहलीको विकेट चट्काए पछि दक्षिण अफ्रिका हाबि भएको हो।

Morne Morkel

चौथौ दिन भारत चेतेश्वर पुजारा र पार्थिब पटेलको आशामा अडिएको थियो।पाचौ दिनको सुरुवाती ओभरमै यी दुबै ब्याट्सम्यान पबिलियन फर्किए पछि भारतको हालत अझ खराब भएको हो।रोहित शर्माले ४७ रनको इन्निङ खेल्दै , भारतलाई आश त देखाए तर खेललाइ अन्तिम सम्म पुर्याउन भने सकेनन।पाचौं दिन पनि भारतुय ब्याट्सम्यान माथी लुङ्गी कै दबदबा रहयो।पर्थिब पटेलको उत्कृष्ट क्याच लिदै मोर्ने मोर्केलले दक्षिण अफ्रिकाको जित पक्का गरेका हुन।

Fscing Ball

पाचौ दिनको पहिलो सेसन नसकिदै भारतको ७ विकेट चट्काउदौ दक्षिण अफ्रिकाले उत्कृष्ट जित हात पारेको हो।दक्षिण अफ्रिकाका लागि लुङ्गीले ६ विकेट लिए भने रबाडाले ३ विकेट चट्काए।
भारतका लागि पुजाराले १९,पार्थिबले १९,रोहितले ४७,साह्मीले २८ रन जोडे भने अरु कुनै ब्याट्सम्यानले दोहोरो अन्क जोड्न सकेनन।दक्षिण अफ्रिकाको भ्रमणमा भारतको यो लगातार दोस्रो हार हो।

Celebrating Rohit's Wicket

लुङ्गिको डेबियु

आफ्नो डेबियु खेलमै भारत बिरुद्द लुङ्गीले ६ विकेट लिएका छन।उनले १२ .२ ओभर बलिङ्ग गर्दै ३९ खर्चेर ६ विकेट लिएका हुन।डेल स्टेनको ठाउमा आएका लुङ्गीले स्टेनको कुनै अभाब हुन दिएनन।धुरन्दर ब्यट्स्म्यान जस्तै लोकेश राहुल, बिराट कोहली,पान्ड्या को विकेट लिएका लुङ्गी यो खेलकै उत्कृष्ट बलर मानिन सक्छन भन्ने कुरामा कुनै सन्कोच नहोला।

Lungi

लुङ्गी उत्कृष्ट हुदा भारत स्तब्द , दक्षिण अफ्रिका १३५ रनले बिजयी | भारत बिरुद्द साऊथ अफ्रिका
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

To Top