राष्ट्रिय

नेपाल अभ्यासको लागि यु.ए.इ जाने | डिभिजन दुई!

हाम्रो नेपाल क्रीकेट ,काठमाडौ

नेपाल थप अभ्यासको लागि दक्षिण अफ्रिकाको ठाउमा यु.ए.इ जाने भएको छ।

आगामी महिना नामिबियामा आयोजना हुने विश्व क्रिकेट लिग डिभिजन टु को तयारीको लागि नेपाली टोलीले युएईको भ्रमण गर्ने भएको छ । नेपाली टोलीले करिब एक हप्ताको बसाईका क्रममा युएईका स्थानिय क्लबहरु बिरुद्द तीनवटा अभ्यास खेल पनि खेल्ने भएको छ । नेपालले युएईमा आईसिसीको ग्लोबल क्रिकेट एकेडेमीमा अभ्यास गर्नेछ ।नेपाली टोली यहि २७ तारिखमा युएई तर्फ जाने र त्यहाँबाट नै डिभिजन टु का लागि नामेबिया तर्फ चार तारिखमा उड्ने छ । यस अघि नेपाली टोली प्रतियोगिताको तयारीका लागि दक्षिण अफ्रिका भ्रमण्जा गर्ने भनिएता पनि उक्त योजना सफल हुन सकेको थिएन ।नेपाली क्रिकेट टोलीका प्रशिक्षक जगत टमाटाले युएई भ्रमण तय भईसकेको जानकारी गराए । “हामी नामिबियाको अबस्था बारे अभ्यस्त हुन दक्षिण अफ्रिका जाने योजनामा थियौं । तर यो योजना सफल नभएपछि युएईमा प्रशिक्षण गर्ने र त्यहाँ केही अभ्यास खेल खेल्ने तय भईसकेको छ ।”डिभिजन टु आगामी फेब्रुअरी आठ तारिखबाट शुरु हुनेछ ।

नेपाल अभ्यासको लागि यु.ए.इ जाने | डिभिजन दुई!
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

To Top