News

“हामी सफल हुनेछौ।”पारश खड्का | प्रसङ्ग डिभिजन २

हाम्रो नेपाल क्रीकेट ,काठमाडौ

हाम्रा कप्तान र कोचले बिश्वाश चै देखाए है।

आगामी महिनाको ८ गते बाट नामिबियामा हुने विश्वक्रिकेट लिग डिबिजन २ को लागि नेपाली टोलीले त्रिभुवन क्रिकेट मैदानमा कडा अभ्यास गरिरहेको छ । कोही मैदानमा खेल खेलिरहेका छन भने कोही नेटमा अभ्यास गरिरहेका छन । नामिबियाको कन्डिसनमा गएर ब्याटिंगमा रन बनाउनु नेपाली खेलाडीको लागि ठुलो चुनौती रहेको छ ।

डिबिजन २ प्रतियोगिता नेपालको लागि सहज नहुने सङ्केत गर्दै पारस खड्का बताउछन् “निरन्तर क्रिकेट खेल्नु छ भने डिबिजन वानमा हुनु जरुरि छ, हामी भाग्यमानी छौ कि लगभग ४ महिना मै डिबिजन २ भयो र डिबिजन १ मै उक्लन मौका पाएका छौ । अब सबै टोली राम्रा छ, कुनै पनि टोली कमजोर भन्ने छैन । हामीले राम्रो क्रिकेट खेल्नै पर्छ । हामीले जुन रुपमा अभ्यास गरिरहेका छौ मलाई लाग्छ हामी नामिबिया गएर पनि राम्रो गर्छौ ।”

“डिबिजन २ जित्न हामी सक्षम छौ”  

यसअगी पनि २०१५ मा न्युजिल्यान्डमा सम्पन्न एकदिवसीय विश्वकप छनोटमा नेपालले ठुलो संघर्ष गर्नु परेको थियो । यो बिषयमा नेपालको अभ्यासलाई मध्यनजर गर्दै पारस भन्छन “नामिबियाको कन्डिसनमा गएर खेल्नु हामीलाई एउटा चुनौती नै हो । क्याम्पमा पनि फास्ट बलरहरुलाई फोकस गरेर अभ्यास गरिरहेका छौ ।  हामीले कतिपय खेलहरु हात मै आइसकेपछि पनि गुमाउन पुगेका छौ, यसपाली हामीले यो कुरामा ध्यान दिएर अगाडी बढेका छौ । यो भन्दा अगी डिबिजन ५,४,३ खेल्दा २,३ हप्ताको अन्तरालमा यदि हामी राम्रो क्रिकेट खेल्छौ भने अर्को लेबलमा अवस्य पुग्न सक्छौ भनेर त्यै अनुसार लागि परेका थियौ, अब हाम्रै हातमा छ, डिबिजन वानमा पुग्न र विश्वकप क्वालीफाएर खेल्ने हामीलाई सुनौलो अवसर छ ।”

“अभ्यास जस्तो भए पनि नामिबियामा हामीलाई नतिजा चाहिएको छ !”

युवा खेलाडीको टोलीमा स्थान

यसपाली डिबिजन २ को लागि २२ सदस्सीय नेपाली टोलीमा धेरै भन्दा धेरै युवाहरुलाई बोलाएर अभ्यास अगाडी बढाईएको छ । आफुहरुले युवा हरुलाई पूर्ण रुपमा विश्वास गरेको र उनीहरुमा ठुलो इनिंग खेल्ने क्षमता रहेको कुरालाई केन्द्रित गर्दै पारस भन्छन, “नेपाली क्रिकेटमा प्रतिभा र सीपको कमि छैन । हामीले केहि युवा खेलाडीहरु पाएका छौ र हामीलाई उनीहरुको क्षमतामाथि पूर्ण विश्वास छ । हामीले उनीहरुलाई हौसला दियेउ भने म पक्का छु कि उनीहरुले आफुलाई प्रमाणित गर्ने छन् । हामीले पहिल्यैबाट जुन टिम स्प्रिटका साथ् आएका छौ आशा छ अब पनि त्यो कायम रहने छ ।”

अन्त्यमा नेपालको लक्ष्य डिबिजन २ जित्नु मात्र नभई, विश्वकप क्वालीफाईर हुदै विश्वकप सम्म पुग्नु रहेको पारसले बताएका छन् । उनि भन्छन “हाम्रो मुख्य लक्ष्य भनेको एक दिवसीय विश्वकप र एक दिवसीय क्रिकेट स्टाटस नै हो ! हामीले यो अवसरलाई खेर जान दिदैनौ ।

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

To Top