Flash Backs

मिस्टर हेल्कप्टर : सिद्धान्त लोहनीको केही पारीहरु याद गरौ।

हाम्रो नेपाल क्रीकेट , काठमाडौ

कहिले काही सम्झिन्न भन्दा पनि कुनै कुनै क्षण हाम्रो मन मस्तिष्कमा बारम्बार आइरहदो रहेछ, हो आज म नेपाली क्रिकेटको त्यस्तै एउटा प्रतियोगिताको स्मरण गर्दै छु जुन प्रतियोगिता नेपाली टोलीको लागि निकै घातक साबित भएको थियो ।टि २० विश्वकप छनोट प्रतियोगिता २०१५ ! आइरल्याण्ड र स्कटल्याण्डले संयुक्त रुपमा आयोजना गरेको प्रतियोगितामा ६ खेल खेलेको नेपाली टोलीले ४ खेलमा हार बेहोर्दै मात्र १ खेलमा जित निकालेको थियो भने नामिबिया बिरुद्दको खेल बर्षाको कारण रद्द भएको थियो । आइरल्याण्ड बिरुद्दको खेलमा मात्र ५३ रनमा सबै विकेट गुमाउदै ८ विकेटको ठुलो हार बेहोरेको नेपालको ग्रह येतिमा मात्र शान्त भएन ।

लगत्तै भएको हगकंग र पपुआन्युगिनी बिरुद्दको खेलमा पनि ब्याट्सम्यानहरु क्रिजमा जमेर खेल्न नसक्दा लज्जास्पद हार बेहोरेको थियो ।नेपालको प्रतियोगिताको अन्तिम खेल अर्थात् जर्सी बिरुद्दको खेल। सबै ब्याट्सम्यानहरु फ्लप खाइरहेको अवस्थामा नेपाली टोलीको स्क्वाड मा रहेका युवा खेलाडी सिद्धान्त लोहनीलाई मौका दिईनु पर्छ भन्ने समर्थकको मागलाई मध्यनजर गर्दै सिद्धान्तलाई अन्तिम खेलमा प्लेइंग ११ मा समावेश गरियो । अगिल्ला खेलहरुमा झैँ उक्त खेलमा पनि नेपालका अन्य कोही ब्याट्सम्यानहरु चल्न सकेनन । टोलीका सबै अनुभबी ब्याट्सम्यानहरु पेभिलिएन फर्किए पछि पन्ध्रौ ओवरमा पाचौ विकेटको पतन संगै सिद्धान्त ब्याटिंग गर्न क्रिजमा उत्रिए ।

जोश र जागरले भरिएका सिद्धान्त जर्सीको टोलीसामु झुक्ने वाला थिएनन । डेब्यु खेलमा चौथै बलमा चौका प्रहार गरेका उनले सत्रौ ओवरको पहिलो बलमा अर्को चौका थपे । उन्नाइसौ ओवरको पाचौ बलमा छक्का प्रहार गरेपछि उनलाई दक्षिण अफ्रीकाका एबीडीभिल्लर्ससंग तुलना गरिएको /उक्त खेलमा नेपाल ७ विकेटले पराजित भएतापनि सिद्धान्तले नेपाली समर्थकलाई एउटा नया आशा दिलाएका थिए । डेब्यु खेलमै विश्वका सबै क्रिकेट समर्थकहरुलाई चकित बनाएका उनले त्यहाँ पछि भने रास्ट्रिय टोलीमा स्थान बनाउन सफल भएका छैनन् येसपाली सिद्धान्तको लागि आफुलाई पुन साबित गर्ने ठुलो अवसर हुनसक्छ । सुभकामना !

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

To Top