अन्तर्राष्ट्रिय

चौथौ दिन | दक्षिण अफ्रिका हाबी | भारत बिरुद्द दक्षिण अफ्रिका दोस्रो टेस्ट

हाम्रो नेपाल क्रीकेट , काठमाडौ

फाफ डुप्लेसीस र ए बि डि भिल्लर्स तथा एल्गरको संघर्श पस्चात दक्षिण अफ्रिकाले २८७ को लक्ष्य पेश गरेको थियो।

 

घरेलु टोली दक्षिण अफ्रिका बिरुद्दको दोश्रो टेष्टमा भारतले जितका लागि २८७ रनको लक्ष्य पाएको छ ।पहिलो पारीमा २८ रनको अग्रता लिएको दक्षिण अफ्रिकाले आफ्नो दोश्रो पारीमा रन बनाएर अल आउट भए पछि भारतले २८७ रनको लक्ष्य पाएको हो । चौंथो दिनको खेल ९० रनमा दुई विकेटको क्षतिमा शुरु गरेको दक्षिण अफ्रिकाले २८६ रन बनाउँदै आफ्नो सबै विकेट गुमायो । अघिल्लो दिनमा ५० रनमा अविजित रहेका एबि डि भिलियर्सले सर्वाधिक ८० रन बनाएका थिए भने डिन एल्गर ६१ रनमा तथा कप्तान फाफ डु प्लेसिस ४८ रनमा आउट भए ।भारतका लागि मोहमद सामीले सर्वाधिक चार विकेट लिएका थिए भने जसप्रित बुमराले तीन तथा इशान्त शर्माले दुई विकेट आफ्नो नाममा लेखाउन सफल भए ।आजको खेलमा करिब ३५ ओभर बाँकी रहेको छ भने भोली एक दिन पुरै बाँक छ । दक्षिण अफ्रिकाले आफ्नो पहिलो पारीमा ३३५ रन बनाएको थियो भने कप्तान बिराट कोहलीको १५३ रनको मद्दतम भारतले आफ्नो पहिलो पारीमा ३०७ रन बनाउन सकेको थियो ।

 

लक्ष्य पछ्याउने क्रममा रबाडाको बलमा बिजयले आफ्नो विकेट गुमाइ सकेका छन।मुरली बिजय आफू ९ रनमा हुदा पबिलियन फर्केका हुन।लगतै भारत १६ रनमा हुदा लुङ्गिको बलमा के एल राहुल पनि आउट भए।अहिले भारतको ११.१ ओभरमा १६ रन बनेको छ भने ३ विकेट गैसकेको छ।

निगिदि लुङ्गिको उत्कृष्ट बलिङ्गमा बिराट कोहली आउट भएका छन।मुस्किल अव्स्थामा रहेको भारतका लागि यो ठूलो झ्हट्का परेको छ।लुङ्गीको बलमा बिराट कोहली स्तब्द भए र एल बि डब्लु आउट भए।बिराट कोहलि ५ रनमा आउट भएका हुन।बिराट कोहलीको विकेट पछाडी पार्थिब पटेल र पुजाराले पारी सम्हाल्दै चौथौ दिनको अन्तिम सम्ममा भारतलाइ ३५ रन सम्म पुर्याउन मद्दत गरे।

भोलि अन्तिम दिन भारत र साउथ अफ़्रिकामा दुबैको उत्तिकै सम्भावना छ,साउथ अफ्रिकाको उस्तै बलिङ्ग रहे भारत अझ्ही मुस्किलमा पर्न सक्छ।

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

To Top