राष्ट्रिय

नेत्रहीन क्रीकेट टोलिका कप्तान र उपकप्तान सन्यास लिदै

हाम्रो नेपाल क्रीकेट , काठमाडौ

विश्वकपको अन्तिम खेलमा अस्ट्रेलियामाथि जित निकालेपछि नेपाली टिमका कप्तान किर्तन श्रेष्ठ दुवाल र उपकप्तान विक्रमबहादुर रानाले सन्यासको घोषणा गरेका छन् ।उनीहरुले संघका अध्यक्ष पवन घिमिरे र प्रशिक्षक रिजन प्रजुको रोहबरमा सन्यासको घोषणा गरेका हुन् । नेपालमा नेत्रहीन क्रिकेट सुरु हुँदा नै नेपाली टोलीमा रहेका विक्रम र किर्तनले नयाँ युवा खेलाडीलाई अवसर दिन आफूहरुले सन्यास लिएको बताए ।वि.स २०६३ सालमा नेपालमा नेत्रहीन क्रिकेट सुरु हुँदा खेल्न सुरु गरेका विक्रमले दुई टी–२० विश्वकप क्रिकेट र एकदिवसीय विश्वकपमा खेलेका छन् । किर्तनले एक टि–२० विश्वकप र एकदिवसीय विश्वकप क्रिकेट खेलेका छन् ।उनीहरु दुवै नेपाली नेत्रहीन क्रिकेटका महत्वपुर्ण सदस्य रहेकाले दुवैको अभाव खड्किने संघका अध्यक्ष घिमिरेले बताए । विक्रमबहादुर र किर्तनले आगामी दिन आफूहरु खेलाडी उत्पादनमा लागि पर्ने बताए ।

नेत्रहीन क्रीकेट टोलिका कप्तान र उपकप्तान सन्यास लिदै
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

To Top